न्युज अफ नेपाल, काठमाडौँ ।
प्रहरीले विप्लव नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठन दाङका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय अनिल केसी रहेको प्रहरीले जनाएको छ ।
केसीलाई घोराही उपमहानगरपालीका १५ तुलसिपुर चोक स्थित घोराही- लमही सडक खण्डमा लुकिछिपि हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका केसीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया