आगलागी ९ लाख बराबरको धनमाल जलेर नष्ट


न्युज अफ नेपाल, ललितपुर ।

आगलागी हुँदा गोठ, गोठसँगै रहेको घर, लत्ताकपडा, अन्नपात तथा अन्य सरसमान जलेर नष्ट भएको छ ।

महाँकाल गाउँपालिका–४ बतासे डाँडास्थित सुकुराम वाईवाको गोठमा कुडो पकाउने क्रममा बिहीबार बिहान आगलागी हुँदा गोठ, गोठसँगै रहेको घर, लत्ताकपडा, अन्नपात तथा अन्य सरसमान जलेर करिब ९ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।