अवैध लागूऔषध सहित गौतम पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका–४ धुम्वाराहीबाट अवैध लागूऔषध खैरो हेरोइन २.५ ग्राम, एम्फेटामाइन २२ ग्राम, यावा(एम्फेटामाईन) १८.५ ग्राम, कोकिन ३ ग्राम र २ थान डिजिटल तराजु सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु नेले गाउँपालिका–७ ठेगाना भएका ४५ वर्षीय प्रशान्त राई र काठमाडौं महानगरपालिका–१३ ठेगाना भएका ३६ वर्षीय रिकेश भन्ने विकास लाल सिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले राईको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश १६ केजी ३ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर आग्रा नगरपालिका-२ बस्ने ५१ वर्षीय प्रताप मोक्तान र मकवानपुर थाहा नगरपालिका–७ बस्ने सन्तोष खत्री रहेका छन् । नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले साथमा लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।