ज्यान मार्ने उद्योग तथा लागूऔषध मुद्दाका फरार पक्राउ


न्युज अफ नेपाल, पर्सा ।

ज्यान मार्ने उद्योग तथा लागु औषध मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका–७ बस्ने ४६ वर्षीय प्रभु प्रसाद कलवारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।