पानी बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरमा पानी बोक्ने हाथी गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहिबर बिहान ९्.१५ बजे मध्यपुरथिमी नगरपालिका ५ को प्राणोदय स्कुलनजिकै बा १२ च ५६५६ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका ६ की २५ वर्षीया ज्योति मगरको मृत्यु भएको हाे ।

दुर्घटनामा संलग्न गाडी र चालक थिमी ७ नगदेशका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।