सुनको मूल्य घट्यो

0
Shares

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार सात सय निर्धारण गरेको छ ।

नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २सय  र छापावाला सुन प्रतितोला रु ७० हजार ९ सयमा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८ सय ५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।