गोकर्णेश्वर ५ का वडा सचिव २५ हजार घुससहित रङ्गेहात पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गोकर्णेश्वर नगरपालिका ५ का वडा सचिव दिनेश बाँस्कोटा घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले बाँस्कोटालाई २५ हजार घुस रकमसहित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरेको हो ।

बाँस्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको खुलेको छ ।

पक्राउ परेका बाँस्कोटामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।