सागको उद्घाटन र समापनमा जोर–विजोर प्रणाली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा ट्राफिक प्रहरील दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ । साग सुरक्षा उपसमितिद्वारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्बरका सवारीसाधन मात्र चलाउन आग्रह गरेका छन् ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै खेलको सुरु र अन्तिम दिनमा जोर–विजोर प्रणाली लागू गरिएको हो । यस्तै सो समयमा ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू नहुने प्रहरीले जनाएको छ ।

त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।