भोटेकोशीबाट ढुङगा निकाल्ने क्रममा स्काभेटर पल्टिदा चिनियाँ चालकको मृत्यु

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका र टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको लागि भोटेकोशीबाट ढुङगा निकाल्ने क्रममा स्काभेटर पल्टिदा चिनियाँ चालकको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी रामशरण कुमालका अनुसार करिब १० बजेर ५० मिनेटको समयमा भन्सार वार्डमा बन्न लागेको सुख्खा बन्दरगाहको लागी भोटेकोसीबाट ढुङगा निकाल्दै गर्दा चाइनिज स्काभेटर पल्टेर अन्दाजी ३६ वर्षको चिनिया नागरिक चालक छु -जियाङ को मृत्यु भएको हो ।

चिन सरकारको अनुदान सहयोग मा निर्माण हुन लागेको सुख्खा बन्दरगाह सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति भई द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनि ले फाइल डिजाइन तयार पारि वाणिज्य तथा आपुर्ति मन्त्रालय का उपसचिब पार्वती अर्याल र इन्टर नेशनलको नमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पाटमेन्ट अफ चाइनाका निर्देशक वियन चेनले मंसिर चार गते संयुक्त रुपमा उदघाटन गरेका थिए ।