दुर्घटना भएको १६ घण्टापछि घाइतेको उद्दार, मृत्यु हुनेको संख्या ४ पुग्यो

0
Shares

न्युज अफ नेपाल, हुुम्ला ।

हुम्लामा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारका क्रममा सिमकोट–६ का बक्त रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । सोही दुर्घटनामा परी यसअघि नाम्खा गाउँपालिका–१ हेप्काका छिरिङकार्मा लामा, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाहीको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका अन्य ११ जनाको भने बिहिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटना भएको १६ घण्टापछि अन्य घाइतेको बिहीवार उद्दार गरिएको हो ।