अर्घाखाँची बस दुर्घटना: १८ को मृत्यु, १४ घाइते, मृतक ७ को सनाखत


सलिम अन्सारी, अर्घाखाँची ।

अर्घाखाँचीको नरपानीनजिकै बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा १२ जना पुरुष ६ जना महिला रहेको अर्घाखाँची प्रहरी सूचना अधिकृत सुरेश सुवेदीले बताए।

घाइते १४ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अहिले रातको समय भएकाले उद्धारमा समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो।