प्रहरीले मान्छे मारेको भन्दै डोटीको गैरा बजार चक्काजाम, गाडी र यात्रु अल्पत्र


विमल विष्ट, डोटी ।

प्रहरीले मान्छे कुटेर मारेको आरोपमा स्थानियबासीले गैरा बजार चक्काजाम गरेका छन् ।

डोटीको घण्टेश्वर प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको आफनो मान्छे कुटेर मारेको आरोप लगाउदै स्थानियबासीले अवरोध गर्दा अहिले गैरा बजार तनावग्रस्त भएको हो ।

मृतकका आफन्तहरुले अहिले गैरा बजारको बिच सडकमा टायर बालेर यातायात अवरोध गरेका छन् । उनिहरुको अवरोधका कारण अहिले गैरा बजारमा पहाडी जिल्ला बाट तराई जाने तथा तराई बाट पहाड आउने दर्जनौं यातयातका साधन तथा सयाैं यात्रुहरु अलपत्रमा परेका छन् ।

मादक पदार्थ सेवनगरी गाडी छेकेको आरोपमा घण्टेश्वर प्रहरी चौकीका प्रहरीले जोरायल गाउँपालिका–१ गैरा बस्ने २१ वर्षीय जीप चालक गणेश पालीलाई आईतवार अपरान्न नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका मृतक पालीलेले आफु शौचालय जाने भन्दै शौचालय गएको र त्यहाँ उनले नाम नखुलेको दुई क्याप्सुल औषधी सेवन गरेको र उनलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीले गणेशलाई मार्नुपर्ने कुनै कारण छैन,उनि आफनै कारणले मरेका हुन्,उनको पोष्टमार्टम रोपटबाट सबै प्रमाणि हुने छ ।” उता मृतका बुवा तेजबहादुर पालीले सो प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरु शंकर खड्का तथा दीपक सान्तको कुटाईबाट आफनो छोराको मृत्यू भएको आरोप लगाउनु भएको छ ।

“प्रहरीको कुटाईबाट नै मेरो छोराको मृत्यू भएको हो, मृतक गणेशका बुबा तेजबहादुरले भन्नुभयो, “दोसीलाई कार्वाहि र हामीले न्यान पाउनु पर्छ ।”
प्रहरी चौकीमा चालकको मृत्यू भएको विषयमा डोटीमा एक छानविन समिति पनि गठन भएको छ ।

मृतकका घरपरिवारले प्रहरीको कुटाईबाट गणेशको मृत्यू भएको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णबहादुर बोहराको नेतृत्वमा तिन सदस्यिय छानविन समिति गठन भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त समितिमा प्रहरी निरिक्षक कर्णबहादुर बोहरा,मुद्दाफाँटका प्रहरी नायब निरिक्षक देबहादुर कुँवर तथा राष्ट्रिय अनुसन्धानका अनुसान्धान सहायक सेरबहादुर बोगटी रहेका छन् । मारेको आरोप लागेका प्रहरी जवानहरु शंकर खड्का तथा दीपक सान्तका बिरुद्ध मंगलवार मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दिईएको छ ।

मृतक चालक पालीले कुन औषधी तथा के कती कारणले खाएका हुन सो विषयमा प्रहरीले केही कुरो बताएको छैन् । मृतक पालीको सब पोष्टमाटमका लागि अहिलेपनि उप क्षेत्रीय अस्पताल डडेल्धुरामा राखिएको छ । मृतकका आफन्तहरु पोष्टमाटमका लागि अस्पताल नगएका कारण पालीको पोष्टमाटम हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।

गैरा बजारमा तनाब सुरु भएपछि अहिले उक्त क्षेत्रमा शान्तिसुरक्षा कायम गर्नकालागि ईलाका प्रहरी कार्यालय बुडरबाट प्रहरी नायव निरिक्षक कर्णबहादर रौलेको नेतृत्वमा थप प्रहरी टोली त्यसतर्फ खटाईएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

किटानी जाहेरी दिएका प्रहर िजवान बिरुद्धकार्वाहि नगरिए बिहिवार देखी अनिश्चित कालिन डोटी बन्द गर्ने आन्दोलन कर्मीले धम्की दिएका छन् ।