अर्घाखाँची बस दुर्घटना अपडेटः १६ को मृत्यु, १३ जना घाइते


सलिम अन्सारी, अर्घाखाँची ।

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १४ जनाको घटनास्थलमै ज्यान गएकोे छ । १३ जना घाइते भएका छन् ।

११ जनालाई उपचारका लागि बुटवल रिफर गरिएकाे छ भने अन्य २ जना जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको प्रजिअ बिजयराज पौडेलले जानकारी दिनुभयाे ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।