कतार एयरक्राप्ट क्टरिङलाई आईएसओ प्रमाणपत्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

कतार एयरक्राप्ट क्टरिङ कम्पनी (क्यूएसीसी) खाद्य सुरक्षा प्रबन्धन प्रणालीको मापदण्ड पूरा गरेकाले आईएसओ २२०००ः २०१८ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यूएयुएएस मान्यता प्राप्त ब्यूरो भेरिटसबाट प्रमाणीकरण गर्ने यो प्रणामपत्र प्राप्त गर्ने क्युएसीसीको पहिलो कम्पनी हो।

क्यूएसीसीका वरिष्ठ उपाध्यक्ष माइकल विनरले भने– ‘क्यूएसीसीमा हामी आफूले गर्ने हरेक चीजमा उत्कृष्टताप्रति निश्चय प्रतिबद्धता राख्छौं, हामी आपूर्ति गरिरहेका ग्राहक फ्रेस, उच्च गुणस्तरको भोजन प्राप्त गर्दछौं। हामी प्रत्येक खानालाई यस्तो तयारी गर्दछौं जस्तो कि हामी यसलाई आफ्नो परिवारको सदस्यको लागि तयार गर्दैछौं।’

कतार एयरवेज समूहको एक हिस्साको रूपमा हामी उद्योगको लागि मानक सेट गर्न प्रयोग गर्दछौं। यसमा खाद्य सुरक्षामा उच्च मापदण्डहरूको लागि बेन्चमार्क स्थापना पनि समावेश छ।’ अगस्त २००२ मा शुरू गरिएको क्यूएसीसी कम्पनीलाई कतर एयरवेज, अन्तर्राष्ट्रिय एयरलाइन्स, हमद अन्तर्राष्ट्रिय एयरपोर्ट (एचआईए) प्रिमियम लाउन्ज, अमीरी र एचआईएको वीआईपी उडानहरू प्रदान गर्दछ।