निर्माण व्यवसायीको धर्ना स्थागित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसँग मंगलबार दिउँसो भएको छलफल सकारात्मक भएपछि नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ। प्रधानमन्त्रीको अस्वस्थतालाई समेत मध्यनजर गरी धर्ना कार्यक्रम तत्कालका लागि स्थागित गरिएको महासंघको भनाइ छ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिनुभयो। व्यवसायीमैत्री ऐन नियम बनाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नभई सार्वजनिक खरिद अनुगमन कार्यालयको हो भन्दै मन्त्री नेम्बाङले व्यवसायीका लागि अनुकुल ऐन नियम बनाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो।