सिभिल बैंकले वार्षिकोत्सव महिनाभरी नै मनाउने


सिभिल बैंकले नवौं वार्षिकोत्सव अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ। साथै आगामी कार्यक्रम पनि मनाएको छ। वार्षिकोत्सवको मौका पारेर बैंकले मुख्य शाखामा वार्षिकोत्सवको दिनदेखि एक महिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखामा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ।

बैंकका ३६ शाखामार्फत सरकारी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राको छनोट गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ।

त्यस्तै व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान भएको छ। लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको।श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटनका क्रममा १ थान प्रिन्टर प्रदान गरेको छ।

बैंकले चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार नगद तथा असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीन हरूको लागि १०० थान विशेष छडी प्रदान गरेको छ।

श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वीटर प्रदान, पुकार डीसएबिलिटि सोसिएल सर्भिस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरियो।नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरिएको बैंकले जनाएको छ।