एनसेलको विजेता घोषणा

0
Shares

एनसेल प्रालिले नयाँ योजना ‘रिचार्जमा चमत्कार’ को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोडको घोषणा गरेको छ। यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन्।

कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन्।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकलाई एनसेलले मंसिर १३ गतेभित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ। एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा रु. १०० वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्।

आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ।

ग्राहकले रु. १०० वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक रु. १०० बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन्। यदी कुनै ग्राहकले ३५० रुपियाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बर प्राप्त गर्दछ। त्यसैगरी ग्राहकले ५ सय रुपियाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोड प्राप्त हुनेछन्।