महिलालाई एपेरियनको आश्रयस्थल

0
Shares

रश्मी थापा, काठमाडौं।
हिंसापीडित महिलाहरूलाई आश्रय प्रदान गर्ने उद्देश्यले एपेरियन नामक गैरसरकारी संस्थाले कागेश्वरी मनहरा नगरपालिकास्थित मूलपानीमा निर्माण गरेको आश्रयस्थल (सेफ हाउस) सोमबार सञ्चालनमा ल्याएको छ।

करिब डेढ रोपनीको क्षेत्रफलमा ७ करोड रुपियाँको लागतमा निर्मित उक्त आश्रय स्थलको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले उद्धघाटन गर्नुभएको हो।सञ्चालनमा ल्याइएको आश्रयस्थलअन्र्तगत ३ भवनमा ३० कक्ष रहेका छन् भने २० जना महिला तथा १५ जना बालबालिका अटाउने क्षमता छ।

डेढ वर्षको अवधिमा निर्माण गरिएको उक्त भवनमा लैंगिकहिंसामा परेका महिला तथा उनीहरूका बालबालिकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानुनी परामर्श उपलब्ध गराउने व्यवस्था गरिएको छ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको आश्रय स्थलमा पीडित महिलाहरूलाई व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण, परामर्श लगायतको सुविधा दिईने एपेरियनले जनाएको छ।

प्रमुख अतिथि मोहना अन्सारीले हिंसाविरुद्ध आवाज उठाउन जरुरी रहेकोमा जोड दिंदैसमाजमा अझै पनि आश्रयस्थलप्रति नकरात्मक धारणा रहेको र यसलाई हटाउन सबैको सहयोग रहनुपर्ने बताउनुभयो।

कार्यक्रमका विषेशअतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले आश्रयस्थलको लागि कुनै पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो। एपेरीयनकी अध्यक्ष सुनमाया तामाङले एपेरीयनले सन् २००४ देखि नेपालमा महिला शसक्तिकरण तथा लंैगिक समानताका क्षेत्रमा काम गर्दै आईरहेको जानकारी गराउँदै अभियानमा सबैको साथको अपेक्षा रहेको बताउनुभयो।

एपेरियनकी प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले पीडीत महिलाहरुलाई लामो समयसम्म भाडाको घरमा राख्नुपर्दा झेल्नुपरेका विभिन्न समस्या तथा चुनौती अब नरहेको बताउनुभयो। ‘अब हामीले महिलाहरूका लागि आफ्नै आश्रयस्थल निर्माण गरेका छौं यो घरमा हिंसा पीडीत महिला ६ महिनासम्म बस्न सक्नुहुनेछ र यदि आवश्यक परेको खण्डमा त्योभन्दा बढि समय पनि बस्न सक्नुहुनेछ।

यो घरले पीडित महिलालाई एउटा घरले दिनुपर्ने आधारभूत कुराहरू प्रदान गर्नेछ। भवनमा हाल १८ महिला र १२ बच्चाले आश्रय लिइरहेका छन्। बच्चाका लागि भवनको एक कोठामा प्रारम्भिक बालविकास केन्द्र (इडिपी)समेत उपलब्ध छ’ –उहाँले भन्नुभयो।

एपेरेयीनकी मनोसामाजिक परामर्शदाता रेनु शाहले प्रहरी तथा महिला हिंसाविरुद्ध क्रियाशील सरकारी एवं गैर सरकारी संस्थाको माध्यमबाट आश्रयस्थलमा आएका पीडित महिलालाई विभिन्न प्रकारका व्यवसायिक तालिम प्रदान गरेर आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने संस्थाको उद्धेश्य रहेको बताउनुभयो।

हिंसामा परेका महिलालाई घरपरिवारमा मेलमिलाप, व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरूलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्र्दै आएको एपेरीयनले पीडित महिलालाई सामाजिक रूपान्तरण तथा आर्थिकरूपमा सक्षम बनाउन हाउस किपिङ, पाक शिक्षा, सिलाई कटाई, ब्युटिसियन, सुरक्षा गार्ड, बालबालिका हेरचाह र मन्टेश्वरीजस्ता सीप र रोजगारमूलक तालिम सञ्चालन गरी महिलाहरूको क्ष्ँमतामा अभिवृद्धी गर्दै आईरहेको छ। सिन्धुपाल्चोक, सिन्धुली, अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढुंगा, जुम्ला, स्याङ्जा र उदयपुरमा पनि एपेरेयीनले यस्ता खालका आश्रयस्थल सञ्चालन गरिरहेकोे छ।