विप्लवका ६ कार्यकर्ता पक्राउ

0
Shares

दार्चुला, (नेस)। 

नेपाल सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द नेकपा (विप्लव) समूहका ६ जना कार्यकर्तालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। मंगलबार विहान उनीहरूलाई विषेश सूचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ डडेल्धुराका २२ वर्र्षीय ललित सार्की, पर्शुराम नगरपालिका वडा नम्बर ५ डडेल्धुराकै २३ वर्षीय गणेश बोहरा, बुङ्ल गाउँपालिका वडा नम्बर ४ बझाङका २९ वर्षीय तिलक कुवँर, दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय धन सिंह धामी, खप्तड छन्ना गाउँपालिका वडा नम्बर ८ बझाङका २५ वर्षीय शुभास जोशी र बुढीगंगा नगरपालिका वडा नम्बर १० बाजुरा २१ वर्षीय दिपक रावत रहेको उहाँले बताउनुभयो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट खटिएको सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्र, महेन्द्र नमुना मावि र विच बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।