गणतन्त्र स्मारकमा शहीदको सम्झना

0
Shares

काठमाडौं, (नेस)।

नारायणहिटी संग्रहालय परिसरमा निर्माण भएको शहीद स्मारकमा राष्ट्रिय शहीद दिवसको दिन शहीदहरूप्रति सम्मान गर्ने व्यवस्था गर्न लागिएको छ। गणतन्त्र आउनुअघि शहीद गेटमा रहेका चार शहीदको शालिकमा सम्मान गर्ने कार्यक्रम थियो।

गणतन्त्र आएपछि लैनचौरस्थित शहीद स्मारकमा सम्मान गर्ने कार्यक्रम राखिँदै आएको छ। गणतन्त्र स्मारक खुला भएपछि शहीदको सम्मान सोही स्थानबाट हुने गठन आदेशमा उल्लेख छ।

स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने स्थलका रूपमा विकास गरिने पनि आदेशमा उल्लेख छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी शहीदप्रति सम्मान व्यक्त गर्न यही स्तम्भमा पुग्ने व्यवस्था गठन आदेशमा लेखिएको छ।

समितिले यस परिसरभित्र प्रवेशका लागि शुल्क तोक्ने अधिकारसमेत पाएको छ। आदेशमा स्मारकको सुरक्षा, संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि अल्पकालीन नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने र गराउने व्यवस्थासमेत उल्लेख गरिएको छ।