प्रधानमन्त्री ओली बिरामी भएपछि सागका खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्दै

0
Shares

काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएर अप्रेशन गर्नुपर्ने भएपछि १३औंँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने भएका छन् ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । प्रतिकुल स्वास्थका कारण अस्पताल भर्ना भएका ओलीको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्ने भएका हुन् ।

कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौँ आई सकेका छन् ।