कुशललाई अधिक मूल्य

0
Shares

काठमाडौं, (नेस)।

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताका लागि कुशल मल्ल र बिक्रम सोब अधिक मूल्यमा टोलीमा समेटिएका छन्। सोमबार भएको खेलाडी लिलामीमा उनीहरू १ लाख भन्दा बढी रकम मूल्यमा टोलीमा भित्रिएका हुन्।

कुशललाई पोखरा पल्टनले १ लाख ५० हजारमा किन्यो भने चितवन राइनोजले १ लाख ३० हजारमा बिक्रमलाई टोलीमा समेटको थियो।