विदेशीलाई ५ लाखको विमा

0
Shares

काठमाडौं, (नेस)।

मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना विमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ।

सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरेका हुन्।

सागमा सहभागी हुने करिब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन्। नेपाली खेलाडीलगायतको विमा भने यसअघि नै भइसकेको छ।