च्यासलमा तीन जापानीज खेलाडी

0
Shares

काठमाडौं, (नेस)।

ललितपुरको च्यासल युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्धन गर्ने भएको छ। एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो। च्यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्धन गरिसकेको छ।

मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलायो। त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन्।च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो।

हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो। हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दै थिए। उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ।

ताइगो नाकामुरा जापानीजत राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए। उनी लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए।
यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे।

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ। ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासलले आवद्ध गराउन सफल भएको छ।