जगत मन्दिरको जित

0
Shares

काठमाडौं, (नेस)।

जगत मन्दिर र सेन्ट जोसेफले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
जगत मन्दिरले बाल विकासलाई १९–१० ले पराजित गर्यो।

जगत मन्दिरको जितमा लाक्पा तामाङले ८ अंक योगदान गरे। क्षितिज मगरको ९ अंक सहयोगमा सेन्ट जोसेफले नेपाल मोडेललाई १८–१० ले हरायो।

जुनियर ब्वाइजमै स्किब्सले स्काइलार्कलाई २४–१३, नवजीवनले पारामाउन्टलाई २६–१७, गोल्डेनपिकले प्राण्जलीलाई १७–८, बीएनएले ग्रिनल्यान्डलाई २७–२३, सेबले हिमालयलाई २८–१५ र कौशलले हिमरश्मीलाई १०–७ ले पाखा लगाए।