नेपाल बंगलादेश बैंकद्वारा सहयोग


विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ वटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो।बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकालाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा सो संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।