सिद्धार्थ बैंकको नयाँ शाखा हेम्जामा


सिद्धार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ।

बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९० एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ।