कैलाश विकास बंैकको लाभांश प्रस्ताव


कैलाश विकास बंैकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

जसमध्ये चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजाररुपियाँको १६ प्रतिशतले हुन आउने रकम ४० करोड ३३ लाख बराबरको बोनस शेयर र २.७७ प्रतिशतले हुन आउने रकम ६ करोड ९८ लाख २१ हजार रुपियाँबराबरको नगद लाभांश श बाड्ने बैक सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिनुभयो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी २६औं वार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीलाई वितरण हुनेछ। विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांश विकास बैकहरूमध्ये सबैभन्दा धेरै हो।