जीवनशैली परिर्वतन गर्न डा. कपुरको आग्रह

0
Shares

काठमाडौं, (नेस)। 

नेपालमा १८ प्रतिशत मानिसको मृत्यु मुटुसम्बन्धी रोगको कारणले हुने गरेको पाइएको छ। भारतको मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले मुटुरोगका कारण मृत्यु हुनेको संख्यामा न्यूनीकरण गर्न जीवनशैली र प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभएको छ। राजधानीमा आयोजित हार्ट हेल्थ एभोकेसी अभियानको उद्घाटन कार्यक्रम गर्दै डा. कपुरले उक्त सुझाव दिनुभएको हो।

अभियानको उद्देश्य प्रशिक्षित मुटुरोग अधिव्यक्ताको माध्यमबाट नेपालमा मुटुमा आउन सक्ने समस्या घटाउन सहयोग गर्ने लक्ष्य दिइएको पनि उहाँले बताउनुभयो। डा. कपुरका अनुसार स्वास्थ्य सुदृढीकरणको सार्वजनिक परिवर्तन ल्याउन गहन भूमिका खेल्नेछ।

उहाँले भन्नुभयो– ‘हाम्रो रणनीति स्वास्थ्यको जागरुकता ल्याउनु हो। सो अभियानले मुटुरोगसम्बन्धी प्रशिक्षण दिने र आवश्यक सहयोग गर्ने रहेको छ। डा. कपुरका अनुसार नयाँ उपचार विकल्पको जनचेतनाले बिरामीलाई बचाउन र सुरक्षामा सहयोग गर्नेछ।

प्रायजसो सबै बिरामीहरूको उपचार नयाँ प्रविधिको सहयोगले गर्ने उहाँले बताउनुभयो। जसले बिरामीलाई ओपन हर्ट सर्जरीको जोखिमबाट बचाउने उहाँको दाबी छ। नयाँ उपकरण एफएफआरको प्रयोगले स्टेन्टस् वास्तवमै चाहिने वा नचाहिने निर्णय गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो। नयाँ इमाजिङ टेक्नोलोजीको प्रयोगले धेरै बिरामीको जीवन बचाउन सक्ने बताइएको छ।

इन्टरभेन्टिनल कार्डियोलोजी का प्रख्यात डा. कपुरले भन्नुभयो– ‘निकट भविष्यमा हामी मुटु रोगको व्यवस्थापनमा सुपर स्पेसिलिटी काडियोजिस्ट भएमा ह्दायघातबाट बचाउन र रोकथापम गर्न हरसम्भव कदमहरू चाल्ने उपाय सुझाइनेछ।