‘हर्न र प्लास्टिक निषेध’ क्षेत्र घोषणामै सीमित

0
Shares

वीरगन्ज, (नेस)।

मुलुककै प्रमुख प्रवेशद्वार वीरगन्ज महानगरपालिकालाई सभ्य, सुसंस्कृत र सफा राख्न भनी थालिएको ‘हर्न र प्लास्टिक निषेध’ क्षेत्र घोषणा गरिए पनि त्यो घोषणामै सीमित भएको छ।

०७५ पुस १७ गते वीरगन्ज महानगरपालिकाले नगरलाई ‘हर्न र प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको भए पनि कार्यान्वयनमा नआएको हो ।०७५ मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगन्ज महानगरपालिकालाई पुस १७ बाट हर्न र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो।

त्यही अनुरूप हर्न र प्लास्टिक निषेध गरेको महानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन। घोषणापछि एक साता नगरबासीलाई सम्झाउने र अटेर गरेको खण्डमा जरीवाना लिने भनिएको थियो। तर, महानगरपालिकाले त्यस्तो कुनैपनि गतिवधि गरेन।

घोषणा गरेको करिब एक बर्ष हुनै लाग्दा समेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसेको हो।सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन्। वीरगन्जको मुख्य सडक छेउछाउका व्यापारीहरुले समान बिक्रीपछि निस्केको प्लास्टिक सडकमा फाल्ने गरेका छन्।