सीमा क्षेत्रका बालबालिका पढाइ छाडेर क्यारियरको काम गर्दै

0
Shares

उत्तम नेपाल, भद्रपुर।

साबिक पाठामारी गाविस पर्ने मेची नदीनजिकै नेपाल–भारतको १ सय १२ नम्बर सीमास्तम्भले सीमा छुट्टाएको छ। झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी गाउँमा एउटा बस्ती छ। गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ।

नजिकै भारतीय बजार पाठामारी र ठाकुरगञ्ज पर्छ। त्यहाँबाट नेपाल भित्र्याउने किराना तथा खाद्यान्न सामग्री ल्याएबापत सीमा क्षेत्रका बालबालिकाले दिनमा ५सयदेखि एक हजारसम्म कमाउँछन्।बेरोजगारीका कारण अधिकांश बालबालिका विद्यालय जान छाडिसकेका छन्।

बस्तीका आधा बढी बालबालिका पढाइ छाडिसकेको शिक्षक विजय हजामले बताउनुभयो। ३ देखि ५ कक्षा पढ्दापढ्दै बालबालिकाहरू कमाइको बाटोमा लाग्ने गरेको उहाँको भनाइ छ। भारतीय नागरिक भए पनि नेपालमै पढ्दै आएको भए पनि अहिले पढाइ छाडिसकेको १४ वर्षीय भारतीय बालक उदयकुमार गणेशले बताए।

भारतको विद्यालयमा पनि नाम लेखाएको थिए दुवैतिर पढ्नुभन्दा रोजगारीमा लाग्नु घरबाट भनेपछि पढाइ छाडेर काम गर्न थालेको उनको भनाइ छ। अहिले पढाइ छाडेर क्यारियरको काम गर्दै आएको १२ वर्षीय साहिल आलमले बताए। भाषाकै समस्याका कारण पढाइ छाडेर पैसा कमाउनतर्फ लागेको उनले बताए।

एकापट्टि नेपाली बस्ती छ, भने अर्कोतर्फ भारतीय बस्ती छ। त्यहाँ बस्ने दुवै देशका नागरिक आफ्नो मातृभाषाबाहेक नेपाली भाषा नै बोल्छन्। त्यहाँ भारतीय हिन्दी भाषा खासै बोलचाल हुँदैन। भारतीय नागरिकसहित त्यहाँका बालबालिकाहरू शिक्षा लिन नेपालकै विद्यालय जाने गरेको त्यहाँका स्थानीय बताउँछन्।

हिन्दी भाषा, मेची नदी र सडक दूरीको समस्याका कारण भारतीय बालबालिका पनि नेपालकै विद्यालयमा पठनपाठन गर्दै आइरहेका छन्।भारतीय बालबालिका नजिकै रहेको श्री प्राथमिक र जानकी आधारभूत विद्यालय मा पढ्छन्। सीमाले देश छुट्टाए पनि मानवीय नाता सम्बन्ध बस्तीमा अहिले पनि कायम छ।

बस्तीमा बस्ने भारतका करिब १२ देखि १५ बालबालिका नेपालमै पठनपाठन गर्दै आइरहेका छन्। जेठो छोरा उमेश आधारभूतमा कक्षा आठ पढ्दापढ्दै रोजगारीको सिलसिलामा भारत गएको भारतीय नागरिक रूपलाल गणेश बताउनुहुन्छ।

कान्छो छोरा रमेश कक्षा ४ मा अहिले पनि जानकीमै पढ्दैछ। म जस्तै गाउँका अरू भारतीयले पनि आ–आफ्नो छोराछोरी यहाँ नै पढाउँदै आइरहेको उहाँको भनाइ छ।
नेपाली शिक्षा लिने पनि बस्तीमा बस्ने नेपाली होस वा भारतीय बालबालिका उनीहरूको विवाह चाहिँ भारतमै गर्ने चलन रहेको उहाँले सुनाउनुभयो।

बस्तीमा भारत र नेपाल गरी ६५ देखि ७० जना बालबालिका रहेको श्री प्राविका शिक्षक विजय हजामले बताउँनुभयो। १ सय १२ नम्बर सीमास्तम्भदेखि तीन किलोमिटर पर भारतको टेलिभिट्टा भन्ने स्थानमा श्री उतिम विद्यालय धोबोभिट्टा छ। तर, त्यहाँका विद्यालय बस्तीका बालबालिका जान मान्दैनन्।