‘सरकार अधिनायकवाद उन्मुख’

0
Shares

बैतडी, (नेस)।

नेपाली कांग्रेसका केन्दीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले सरकार अधिनायकवाद उन्मुख रहेको बताउनुभएको छ। बैतडीको पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले अहिलेको सरकार देशमा सुशासन कायम गर्न असफल, भष्टाचार न्यूनिकरण गर्न असफल भएको आरोप लगाउनुभएको छ ।

जनताले केही देशमा नयाँ होला भनेर कम्युनिस्टलाई जिताएको भए पनि गफमा मात्रै सिमित रहेको बताउँदै उहाँले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्नसमेत सरकार असफल भएको टिप्पणी गर्नुभयो। अधिनायकवादका बिरुद्ध लड्नका लागि लोकतान्त्रिक शक्ति एक भएर लाग्नुपर्नेमा उहाँको जोड रहेको छ।

निर्वाचनमा झुठो आस्वासन दिएर जनमत लिएको सरकारले जनाआकांक्षा पूरा गर्न नसकेकाले सरकारप्रति जनता निराश रहेको पनि उहाँले बताउनुभयो।
सरकार अधिनायकवादउन्मुख रहेकाले सरकारको निरंकुशतालाई अंकुश लगाउन कांग्रेसको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो।

पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावीसभामा सत्तारुढ नेकपाका १०० जनाले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको कांग्रेस बैतडीका कार्यालय सचिव दीपेन्द्र चन्दले जानकारी दिनुभयो।