इनोभेटिभलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

इनोभेटिभले २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबल उपाधि आइतबार जितेको छ। ज्ञानोदय बालवाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इनोभेटिभले मल्पीलाई ३४–३० ले पराजित गर्यो। इनोभेटिभकी स्वच्छता थापाले १० अंक जोडिन्।

ब्वाइजतर्फ भने त्रिज्योतिले एलआरआईलाई ६५–४४ ले हराएर उपाधि हात पारेको छ। त्रिज्योतिका सुयोग प्याकुरेलले २२ अंक जोडे। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुयोग र स्वच्छता ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

नेटबलमा मल्पीले रिलायन्स पब्लिक स्कुललाई ३२–२६ ले पाखा लगाउँदै च्याम्पियन बन्यो। रिलायन्सकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी, मल्पीकी कृतज्ञता गुरुङ उत्कृष्ट डिफेन्डर तथा मल्पीकै कृतिका सैजु सर्वाधिक स्कोरकर्ता (१०८) बने।

यसअघि सम्पन्न प्लस टु थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा एस र गल्र्समा साइपाल तथा जुनियर ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) च्याम्पियन बनेका थिए। विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।