बज्राचार्य अवार्ड हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बज्राचार्य क्लब, यंगाल काठमाडौंले आगामी यही पुस १२ गते ‘वल्ड वज्राचार्य अवार्ड २०१९’ आयोजना गर्ने भएको छ। राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक शैलेन्द्रमान वज्राचार्यले सो अवार्ड नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी दिनुभयो।

अवार्ड कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका वज्रचार्यकुलका व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिने छ। सो अवार्डमा छनौट हुनका लागि मंसिर २७ गते शुक्रबारदेखि पुस ११ गतेसम्म विश्वका कुनै पनि विद्यालय, विश्वविद्यालय यसईई देखि पीएचडी वा सो सरह उतीर्ण गरेका वज्राचार्य कुलपुत्र–कुलपुत्री र कुलबधुले क्लबको वेसाईटमा गएर फाराम भर्न सक्ने पनि सयोजक बज्राचार्यले जानकारी दिनुभयो।

सो अवसरमा यसईईदेखि स्नात्तकोत्तरसम्मको प्रत्येक तहमा सर्वोत्कृष्ट अंंक ल्याउने एक जनालाई पुरस्कृत गरिने छ भने पीएचडी गर्ने सबैलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा बताईयो।