चिकित्सक जोशीको निधन

0
Shares

काठमाडौ (नेस)।

नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक चिकित्सकको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिने गाडि फरार रहेको प्रहरीले जनाएको छ।

आइतबार विहान सबेरै मर्निङवाकका लागि हिडेका ७२ वर्षिय डा. प्रभुराम जोशीलाई बानेश्वरको संसद भवनको दक्षिणतर्फको बाटोमा हिँडिरहेको बेला ठक्कर दिँदा उहाँको घटनास्थलमा मृत्यु भएको महानगरीय प्रहरीवृत्त नयाँबानेश्वरले जानकारी दिएको छ।

स्व. डा. जोशी इशान हस्पिटलमा एनेस्थेसियस चिकित्सकको रुपमा काम गर्दै आउनु भएको थियो।
डा. जोशीलाई ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको बृत्तका डीएसपी दुर्गा रेग्मीले जानकारी गराउनुभयो।