कन्सोटियमको अध्यक्षमा थापा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले बाल अधिकारको विषयमा सबै गम्भीर बन्नु पर्ने बताउनु भएको छ। बालसहभागितामा कार्यरत सस्थाहरूको साझा समुह (कन्सोटियम) नेपालको बिसौं साधारण सभामा बोल्दै दाहालले सो कुरा बताउनु भएको हो।

सो अबसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र पौडेल, वरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधान, डा. किरण रुपाखेतीलगायतले बाल अधिकारको ३० वर्षे अभियानका बारेमा आ–आफ्ना धारणा राख्नु भएको थियो।

सभाले युवा बाल अधिकारकर्मी किरण थापालाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा मोहन दाहाल, महासचिवमा सन्तोष महर्जन सचिवमा प्रदीपकुमार लामिछाने कोषाध्याक्षमा देबी रेग्मी चयन भएका छन्।

सदस्यहरूमा बृजमोहन कुशबाह, उषा विक, अनिता पाण्डे ,गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन।

सोही साधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा, बद्रीप्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुरपश्चिम् प्रदेशमा जयबहादुर विश्वकर्मालाई चयन गरेको छ। देशभरबाट बालबालिकासँग सम्बधित झण्डै ५ दर्जन संघसस्थाको सहभागीता रहेको थियो।