फोटो प्रर्दशनी हुने

0
Shares

काठमाडौ (नेस)।

नेपाल–टोकुसिमा, जापान मैत्री संघले टोकुसिमा जापान नेपाल मैत्री संघसंगको सहकार्यमा बिभिन्न काम गर्दै आएको छ। नेपाल टोकुसिमा मैत्री संघले यस अघि स्थानीय स्तरका विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।

मैत्री संघले स्थानीय किायलाई एम्बुलेन्स दमकलजस्ता अत्यावश्यकीय सेवा संचालन साधन प्रदान गरिसकेको मैत्री संघका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले जानकारी दिनुभयो।

मैत्री संघले लमजुङको भुजुङमा माइक्रो हाइड्रो सञ्चालन गरिसकेको छ। २० वर्ष अघि स्थापना गरेको माइक्रो हाइड्रोकोबारेमा जानकारी दिने उदेश्यले फोटो प्रर्दशनीको आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।