सात पटक जिब्रो छेडेका बुद्धकृष्ण सम्मानित

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

मध्यपुर थिमिको बोडेमा रहेको अष्टमंगल बचत तथा ऋण सहकारी संस्थाले सात पटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठलाई सम्मान गरेको छ।

सातांै वार्षिक साधारण सभाको अवसरपारेर आज सहकारीले हरेक वर्ष मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा लगातार सात पटक जिब्रो छेडेका बुद्धकृष्णलाई सम्मानपत्र, दोसल्ला र प्रशंसापत्र र टोपीले सम्मानित गरेको हो।

कार्यक्रममा वरिष्ठ सहकारीकर्मी कैलाशभक्त प्रधाना·ले सहकारीका तर्फबाट उहाँलाई सम्मानित गर्नुभयो।
अध्यक्ष प्रजापतिले जात्रालाई निरन्तरता दिन महत्वपुर्ण योगदान दिने अभियन्तालाई सम्मान गर्दै आगामी दिनमा परम्परालाई निरन्तरता दिने व्यक्तिलाई प्रोत्साहन मिलोस् भनी बुद्धकृष्णलाई सम्मान गरिएको बताउनुभयो।

यस अघि सहकारीले ८ पटक जिब्रो छेडाएका जुजुभाई श्रेष्ठ र बाजागुरु बुद्धिकुमार सिपाईलाई सम्मानित गरिसकेको छ।अध्यक्ष प्रजापतिले सामाजिक उत्तरदायित्व कोषअन्तर्गत सामाजिक योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गरिएको बताउनुभयो।

कार्यक्रममा वरिष्ठ सहकारीकर्मी प्रधाना·, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, थोपा सहकारीका लक्ष्मण राजवाहक, महालक्ष्मी सहकारीका रत्नमान चन्योलगायतले सहकारीका विविध पक्षबारे चर्चा गर्नुभयो।

कार्यक्रममा सहकारीका अध्यक्ष दिलकृष्ण प्रजापतिले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णचन्द्र पिला श्रेष्ठ, सचिव कन्चनमाई सिपाई, कोषाध्यक्ष श्यामसुन्दर चक्रोले प्रतिवेदन पेश गर्नुभयो।