धादिङ बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ

धादिङको गल्छी गाउँपालिका ४ मा रहेको धादिङ बहुमुखी क्याम्पसको १० औं साधारण सभा सम्पन्न भएको छ। क्याम्पस परिसरमा भएको साधारण सभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

साधारण सभामा गल्छी गाउँपालिका ४ का वडाध्यक्ष राजु अधिकारीले सामुदायिक क्याम्पसको रूपमा रहेको धादिङ बहुमुखी क्याम्पसले उत्पादन गरेको जनशक्तिले मुलुकको विकासमा टेवा दिनुपर्ने भन्दै क्याम्पस सञ्चालनकालागि आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो।

उहाँले सीमित साधन र स्रोतबाट संचालन हुदै आएको क्याम्पसले आफ्नो लक्ष्य अनुरुपको शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा क्याम्पसले अझैं प्रगती गरेको आफुले हेर्न चाहेको समेत बताउनुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद अधिकारीले तीब्र प्रतिष्प्रर्धाका बीचमा पनि उद्देश्य अनुरुप क्याम्पस सफल हुँदै गएको बताउनुभयो।

कार्यक्रमा स्थानीय समाजसेवी पुरुषोत्तम अधिकारी, प्रेमबहादुर अधिकारी, रमेश नेपाल, क्याम्पस प्रमुख हर्क जागरी लगायतले बोल्नु भएको थियो।

साधारण सभाले शिवप्रसाद अधिकारीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ। समितिका अन्य पदाधिकारीमा पुरुषोत्तम अधिकारी, पुष्पराज अधिकारी, अर्जुन अधिकारी, दीपक रिजाल, भगवती चालिसे, रामशरण अधिकारी, सूर्यबहादुर अधिकारी, रमेश नेपाललगायत रहनु भएको छ।