सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा हुने

0
Shares

काठमाडांै, (नेस)। 

नेपाली सेनाद्वारा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नव प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्न दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धाको आयोजना गरिने भएको छ।

उक्त प्रतिस्प्रर्धा आगामी बैशाख १९ र २० गते सञ्चालन गरिने भएको छ। प्रतिरक्षा प्रविधि, वातावरण र संरक्षण, आन्तरिक सुरक्षा र विपद् सहयोग प्रविधि जस्ता विषय समावेश गरी प्रतिस्प्रर्धा संचालन गरिने नेपाली सेनाले जनाएको छ।

उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति, संघ संस्थाले आफ्नो प्रस्ताव पुस ८ गतेभित्र नेपाली सेनाको वेवसाईटमा पठाउन आग्रह गरेको छ।

प्रतियोगितामा सहभागिलाई चारवटा समूहमा विभाजन गरी प्रतियोगिता आयोजना गरिने छ। प्रतियोगितामा सहभागी व्यवसायिक व्यक्ति तथा संस्थामध्येबाट प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्रदान गरिने भएको छ।