‘न्याय सम्पादनका लागि सरकार गम्भीर भएन’

0
Shares

नेपाल समचारपत्र, काठमाडौं।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय सम्पादनका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा फ्रिडम फोरमले आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहीनतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सरकारलाई उक्त आरोप लगाएका हुन्।
सर्वोच्च अदालतको कानून संशोधन गरेर संक्रमणकालीन न्याय व्यवस्थापन गर्न आदेशपश्चात पनि कुनै कार्य अघि नबढेको साथै संक्रमणकालीन न्याय व्यवस्थापनको प्रतिवद्धता जनाएको १३ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाउनु लज्जाको विषय भएको बताएका हुन्।
अध्यक्ष शर्माले सरकारले सरोकारवाला निकायसँग छलफल नगरी विधेयक ल्याउने र कानुन संशोधन गर्ने कार्यले सरकार संक्रमणकालीन न्याय व्यवस्थापनमा गम्भीर नभएको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधनसम्बन्धी विधेधय संसदमा दर्ता हुन्छ तर आयोग बेखबर रहेको सन्दर्भ उल्लेख गर्नुभयो।
प्रेस स्वतन्त्रता र मानव अधिकारका विषयमा निरन्तर वकालत गर्न सबैमा आग्रह पनि गरेका छन्।उक्त कार्यक्रममा पूर्वप्रधानन्याधीश सुशीला कार्की तथा तारानाथ दाहालले आफ्नो विचार राख्नुभएको थियो।
उक्त कार्यक्रममा खोज पत्रकारिता विधामा कृष्ण आचार्य, साहसिक पत्रकारितामा सुनिता रावल र सूचनाको हकसम्बन्धी अभियान्ता विश्वजित तिवारीलाई सम्मान गरिएको थियो भने उक्त कार्यक्रम फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।