काठमाडौंं, (नेस)।
भारतद्वारा लिम्पीयाधुरा, लिपुलेकलगायत देशका विभिन्न भागमा सिमा मिचिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टीका महामन्त्री भास्कर भद्राको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न भ्रातृ संगठनका अध्यक्षहरूको संयुक्त बैठकले मंसिर ११ गते दिनको १ बजे बबरमहलमा भेला भई माइतिघर मण्डलासम्म र्याली गर्दै भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध गर्ने निर्णय गरेको छ।
जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा सम्पन्न हुने विरोध कार्यक्रमको संयोजन गर्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाललाई सो बैठकले जिम्मेवारी दिएको छ।
नेपाली भूभागलाई समावेश गरेर भारतले आफ्नो देशको नक्सा सार्वजनिक गरेसँगै त्यसको विरोधमा प्रदर्शनहरू नियमित जसो भएपनि सरकारले भारतलाई दवाव दिन उचित कदम हालसम्म चालेको छैन।











प्रतिक्रिया