बुटवलका गौतमको अस्ट्रेलियामा मृत्यु

0
Shares

काठमाडांै, (नेस)। 
पारिवारिक कलहका कारण अस्टे«लियाको सिड्नीमा एक नेपालीको मृत्यु भएको छ। श्रीमान्श्री/मतीबीचको झगडा कुटाकुटमा परिणत हुँदा बुटवलका सन्तोष गौतमको मृत्यु भएको हो।
आफ्नै श्रीमती नुमाले प्रहार गरेको धारिलो हतियारबाट घाइते भएका सन्तोषको स्थानीय वेस्टमेड अस्पतालमा उपचारका क्रममा निधन भएको गैरआवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिनुभयो।
सन्तोष र नुमाबीच शनिबार राति सिड्नीको ग्रान्भिलमा कुटाकुट भएको उहाँले बताउनुभयो।  सिड्नीको पश्चिमी क्षेत्र ग्रान्भिलमा भएको सो घटना लगत्तै नुमालाई पनि उपचारका लागि अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको अस्टे«लियाली प्रहरीले जनाएको छ।
अस्पतालबाट डिस्चार्ज भएकी नुमालाई हत्या आरोपमा प्रहरी नियन्त्रणमा लिइएको सिड्नीको नाइन न्युजले जनाएको छ। घटनाभन्दा केही घन्टा अघि गौतम आफ्नी श्रीमती र आठ वर्षीया छोरीसहित उनले काम गर्ने टायर पसलबाट घर पर्किएका सो अनलाइन पोर्टलले उल्लेख गरेको छ।
सोही अनलाइनका अनुसार भिसा प्रक्रिया थपिने/नथपिने तनावले केही महिनायता एउटै उमेर (३४ वर्ष) का गौतम दम्पत्ति तनावमा रहँदै आएका थिए। घटनापश्चात एक्ली बनेकी छोरीलाई नेपाली समुदायले हेरचाह गर्ने भएका छन्।