प्रम ओली फेरि ग्रान्डीमा

0
Shares

काठमाडौं, (नेस)। 

प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार चौथोपटक ग्रान्डी अस्पतालमा मृगौलाको डायलाइसिस गरिएको छ।आइतबार दिउँसो डायलाइसिसका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुग्नुभएको अस्पतालले जनाएको छ। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको मृगौलाले काम नगरेपछि विगत एक महिनादेखि प्रत्येक हप्ता डायलाइसिस गराउँदै आउनुभएको छ।

एक साताअघि शनिबार पनि प्रधानमन्त्री ओलीको हेमोडायलाइसिस गरिएको थियो। प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलाइसिस गरिँदै आएको छ। उहाँको मृगौला नै प्रत्यारोपणका लागि चिकित्सकले सल्लाह दिँदै आएका र दाताको तय नभएसम्म र तयारी भइनसकुन्जेल डायलाइसिस गरिरहनुपर्ने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।