निःशुल्क स्वास्थ्य शिविरको आयोजना

0
Shares

भक्तपुर ,(नेस)।

इनरह्वील क्लब अफ भक्तपुर तथा सूर्यविनायक नगरपालिका ५ को संयुक्त आयोजनामा शनिबार निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

कटुन्जे स्वास्थ्य चौकीको प्रांगणमा आयोजित शिविरमा एक सय जना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन्

।पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फे नेतृत्वको टोलीले स्वास्थ्य जाँच ,पाठेघर,ब्लड प्रेसर,जाँचलगायतका सेवाहरु प्रदान गरेको थियो।

टोलीमा गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका डा. बिना श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो। बिरमीलाई आवश्यकताअनुसार गणेशमानसिंह मेमोरियल अस्पतालका डा.अनुप शाक्यले निःशुल्क भिडियो सेवा उपलब्ध गराउनुभयो।

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिला दिदीबहिनीको प्यास स्मेर जाँच र कटुन्जे हेल्थपोस्टको सहयोगमा निःशुल्क ब्लड सुगर जाँच उपलब्ध गराइएको थियो।

शिविरमा चक्रवर्ती हवी एजुकेसन एकेडेमीका बीएस्सी तेस्रो वर्षका विद्यार्थीहरु स्वयंसेवकको रूपमा परिचालित भएका थिए।

इनरह्वील क्लब अफ भक्तपुरको तर्फबाट अध्यक्ष रीना ताम्राकारले कटुन्जे स्वास्थ्य चौकीका लागि ल्याबका विभिन्न उपकरणसमेत प्रदान गर्नुभयो।