जिल्ला समन्वय समिति प्रमुख नेपालमाथि आक्रमण

0
Shares

नेपाल समाचारपत्र, धादिङ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई नीलकण्ठ नगरपालिका –१ का वडाअध्यक्ष गणेश गुरुङ र नीलकण्ठ नगरपालिका–१ ध्वजबहादुर गुरुङले कुटपिट गरेका छन्।

जिल्ला समन्वय समितिको कार्यालयमा पुगेका दुबैजनाले एक्कासि कुटपिट गरेको र आफूले गुहार लगाएपछि मोटरसाइकलमा भागेको नेपालले बताउनुभयो।

घटना भएपछि नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानासमेत पुगेका थिए। वडाअध्यक्षले मानिस ल्याएर आफूमाथि कुटपिट गरेकाले अपराधीलाई कारबाही गर्न नेपालले माग गर्नुभएको छ।

जिल्ला समन्वय समितले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद भएको भए पनि जिसस प्रमुख नेपालसँग यस विषयमा छलफल नै नगरी कुटपिटमा उत्रिएको नेपालले बताउनुभयो।

नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगाना जिल्ला समन्वय समितिस्थित जिसस प्रमुखको कार्यकक्ष बाहिर रहेको बेला कुटपिट भएको थियो।

कुटपिट भएपछि मात्र त्यही भएका ढुंगाना पुगेका थिए। नेपाललाई आक्रमण भइरहँदा एकजना सहयोगीले छुट्याएपछि आक्रमणकारी मोटरसाइकल लिएर भागेका थिए।

योजनावद्ध रूपमा आक्रमण गरिएकाले आक्रमणकारीलाई कारबाहीको माग गर्दै शनिबार युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्र पौडेमार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो।

सामान्य घाइते भएका जिसस प्रमुख नेपालले उपचार गराउनुभएन भनेर प्रहरीलाई घटनाबारे जानाकारी गराउनुभएको छ।

उजुरी नदिए पनि आक्रमणकारीलाई राज्यको निकायले कारबाही गर्ने र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवारले बताउनुभयो।