महासंघलाई आर्थिक सहयोग

0
Shares

दोलखा, (नेस)।

मिलिजुली साकोस र कालिञ्चोक सहकारी संस्थाको एकिकरण पछिको पहिलो संयुक्त साधारणसभा शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ।

मिलिजुलीको २६औं वार्षिक साधारणसभा तथा कालिञ्चोक सहकारी संस्थाको ४८औं वार्षिक साधारणसभाको अवसरमा संयुुक्त साधारण सभाको आयोजना गरिएको हो।

सो अवसरमा मिलिजुली साकोसले नेपाल पत्रकार महासंघ दोलखाको निर्माणाधीन सूचनामैत्री भवनका लागि २२ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ।

मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई सो रुपियाँको चेक हस्तान्तरण गर्नुभयो।