ओमानका पर्यटन मन्त्री नेपालमा पर्यटक बन्ने

0
Shares

काठमाडौं, (नेस)

ओमान अधिराज्यका पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जी भ्रमण वर्ष २०२० नेपाल आउनुहुने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को बृहत् समुद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले पठाउनुभएको निमन्त्रणा पत्र लिँदै उहाँले आफू नेपाल आउन इच्छुक रहेको तर उक्त कार्यक्रममा उपस्थित हुन भने नसक्ने जनाउनुभयो।

ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले बिहीबार मेहार्जीको कार्यकक्षमा भेटी नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को बृहत् समुद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका पर्यटन मन्त्री भट्टराईले पठाउनुभएको निमन्त्रणा–पत्र हस्तान्तरण गर्नुभएको थियो।

उक्त भेटका क्रममा नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौतामा पनि हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको थियो।

सोही अवसरमा मेहार्जीले नेपाल सरकारले बोलाएकै समयमा आउन नसके पनि पर्यटन वर्षभरी पर्यटक बनेर अवश्य आउने बताउनुभएको स्रोतले जानकारी दियो।