दुई किलो अवैध लागूऔषध गाँजासहित एक पक्राउ

0
Shares

धादिङ । बेनिघाट रोराङ गाउँपालिका. ४ लेडे खोलाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धलेख गाउँपालिका.३ बस्ने दिपक नेपाली रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी टोलीले नेपालीलाई करिब २ केजी लागूऔषध गाँजासहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।