न्यायिक समितीलाई कम्प्युटर प्रदान

0
Shares

रुकुम । रुकुम पश्चिमका तिन स्थानीय तहका न्यायिक समितिलाई कम्प्युटर बितरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमको संजीवनी परियोजना अन्तर्गत जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिबेणि गाउँपालिकाका न्यायिक समितिलाई एक एक वटा कम्प्युटर बितरण गरिएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बिच न्यायिक समितिका संयोजकहरुलाई हस्तान्तर गर्नुर्भको हो ।

न्यायिक समितिले हरेक घटनालाई हेर्न फाइल पल्टाउनु पर्ने बाध्यता भएकोले सहजताका लागि कम्प्युटर बितरण गरिएको ओरेक नेपाल रुकुमका कार्यक्रम अधिकृत दुर्गा बजगाईले जानकारी दिनुभयो ।

कार्यक्रममा न्यायिक समितिका संयोजक, कानुन अधिकृत र सदस्यहरुलाई घटना दर्ता र व्यबस्थापनका बिषयमा पनि केहि जानकारी दिईएको थियो ।

बाँफिकोट गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मनकला पुनले न्यायीक समितिलाई आवश्यक रहेको सामाग्री बितरण गरेकोमा धन्यबाद ब्यक्त गर्दै यसको प्रयोग र व्यवस्थापनका लागि थप तालिम पनि दिनुपर्ने बताउनुभयो ।

परियोजना संयोजक बिन्दु शर्माले न्याय समितिलाई प्रभावकारी र प्रबिधियुक्त बनाउन कम्प्युटर प्रदान गरिएको र परियोजना अवधिभर कुनै न कुनै रुपमा सहयोग र सहकार्य गर्ने बताउनुभयो ।